काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संस्थापनइतर पक्षमा पार्टी सभापतिको सर्वसम्मत उम्मेदवार चयन हुन दिएन भनेर आफ्नाविरुद्ध कूप्रचार गरिएको बताएका छन् ।


ADVERTISEMENT


‘१४औँ महाधिवेशनमा पौडेल समूहबाट सर्वसम्मत उम्मेदवरा चयनमा प्रकाशमान सिंह बाधक बनेको भनेर कूप्रचार गरियो,’ पार्टी सभापतिमा उम्मेदवारी घोषणा कार्यक्रममा प्रकाशमानले भने, ‘त्यसमा कुनै पनि सत्यता छैन ।’


ADVERTISEMENT

# # #


उनले १३औँ महाधिवेशनपछाडि नै आफूले कांग्रेसमा नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर आवाज उठाउँदै आएको उनले बताए ।’१३औँ महाधिवेशनपछाडि नै मैले अब कांग्रेसमा नेतृत्व परिवर्तन हुनुपर्छ भनेर आवाज उठाउँदै आएको थिएँ,’ सिंहले भने, ‘त्यहीअनुसार नै मैले अहिले सभापतिमा उम्मेदवारी दिएको हुँ ।’

उनले क्रियाशिल सदस्यता विवाद र महाधधिवेशन प्रतिनिधि छनोटमा भएको अन्यायविरुद्ध प्रतिनिधिहरूले आफूले पाएको अवसर प्रयोग गर्नुपर्ने पनि बताए ।

‘अब महाधिवेशन प्रतिनिधिहरूलाई क्रियाशिल सदस्यतामा विवाद गरेर र महाधिवेशन प्रतिनिधि छनोटमा सत्ता र शक्तिको दुरुपयोग गरेर अन्याय गरेको विरुद्ध निर्णय लिने मौका छ,’ सिंहले भने, ‘यो अवसरलाई तपाईंहरूले सदुपयोग गर्नुस् ।’