काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू नयाँ नेतृत्वको प्रतिस्पर्धाबाट बाहिरिएको बताएका छन् । शनिबार प्रेस विज्ञप्ति जारी गर्दै पौडेलले पार्टीभित्र विकसित परिस्थितिले गर्दा आफू नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने निर्णय गरेको उल्लेख गरेका छन्।


ADVERTISEMENT


‘मैले कांग्रेसलाई जुन रुपमा बुझ्दै आएको थिएँ, त्यो कांग्रेसमा विचलन आइरहेको मैले अनुभव गर्नुपरेको छ। पार्टी सत्ताको भर्‍याङमा सिमित नहोस् भनेर यसका संस्थापक नेताहरु बीपी, गणेशमान र किशुनजीले आदर्श र मूल्यका लागि जीवनभर लड्नुभयो, संघर्ष गर्नुभयो, त्यो आज निरर्थक हुन लागेको पीडा बोध भइरहेछु, पौडेलले विज्ञप्तिमा लेखेका छन्, कांग्रेस आज केवल सत्ताको भर्‍याङमा सीमित हुन गएको मलाई महसुस भइरहेको छ। त्यो पनि संसदीय विचलनबाट हात लागेको सत्ता अवसरमा पार्टी रमाइरहेको अवस्था छ।’


ADVERTISEMENT

# # #


उनले चौधौं महाधिवेशनसम्म आइपुग्दा पार्टीभित्र अनेक प्रपञ्च भोगेको उनले उल्लेख गरेका छन् । प्रजातन्त्रका मूल्य, मान्यता र आदर्श अंगालेर अथक प्रयत्न गरिरहँदा पनि पार्टी महाधिवेशनको मझधारमा आएर प्रतिष्पर्धाको मैदान छाड्नुपर्ने अवस्थामा म पुगेँ । उनले लेखेका छन् । उनले राष्ट्रिय राजनीतिमा आफ्नो भूमिका रहिरहने बताएका छन्।