काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ नेतृत्वको लागि प्यानल तयार गरेका छन् । देउवाले उपसभापतिमा पूर्णबहादुर खड्का र विजय कुमार गच्छदारलाई राख्दै टिम बनाएका छन् ।


ADVERTISEMENT


देउवाले महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेललाई उम्मेदवार बनाएका छन् । पेचिलो बनेको महामन्त्रीमा देउवाले कृष्ण सिटौला समूहबाट प्रदीप पौडेललाई उम्मेदवार बनाएका छन् । उम्मेदवारी दर्ता गर्न देउवा सवा ४ बजे राष्ट्रिय सभागृहमा पुगेका छन् ।


ADVERTISEMENT

# # #