हेटौंडा –मकवानपुरको कैलाश गाउँपालिका ६ तल्लो पकनीमा भाइको कुटाइबाट दाजुको मृत्यु भएको छ। आइतबार राति ३३ वर्षीय नन्दरे मोक्तानर उनको भाइ ३० वर्षीय सीताराम मोक्तानबीच सामान्य विवादमा कुटपिट हुँदा  दाजुको मृत्यु भएको हो ।


ADVERTISEMENT


 प्रहरीका अनुसार सामान्य विवादमा कुटपिट नै कुटपिट हुँदा दाजुको मृत्यु भएको हो । कुटपिटबाट नन्दरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरकका प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताए।


ADVERTISEMENT

# # #


घटनाको कारण नखुलेको र घटनामा संलग्न सीतारामलाई नियन्त्रणमा लिइएको दासले जानकारी दिए।