काठमाण्डौं-राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित ३१ जिल्लामा निजी आवास पुनर्निर्माणसँग सम्बन्धित गुनासो आगामी मंसिरसम्म मात्र दर्ता गर्न सकिने गरि समयसीमा निर्धारण गरेको छ ।


ADVERTISEMENT


प्राधिकरणले निजी आवास पुनर्निर्माणलाई तोकिएकै समयमा सम्पन्न गर्ने लक्ष्य अनुसार निजी आवास पुनर्निर्माणका लागि अनुदान लिने समयसीमा आगामी असार मसान्त सम्मलाई निर्धारण गरिसकेको छ ।


ADVERTISEMENT

# # #


प्राधिकरणको आज बसेको बैठकले ३१ वटा भुकम्प प्रभावित जिल्लाका पीडितको लाभग्राही सूचीमा नाम छुटेको भए मंसिर मसान्त भित्रमा स्थानीय तहमा गुनासो दर्ता गर्न सकिने गरी समयसीमा तोकेको प्राधिकरणका सह–प्रवक्ता भीष्मकुमार भूसालले जानकारी दिए ।

बैठकले मंसिर पछि निजी आवास पुनर्निर्माणसँग सम्बन्धित गुनासो सम्बोधन नगर्ने भएकाले आवास अनुदानको सूचीमा नपरेका तर वास्तविक पीडितले मात्र स्थानीय तहमा गुनासो दर्ता गर्न समेत आग्रह गरेको छ । यस्तै, कार्यकारी समिति बैठकले एकीकृत बस्ती विकास सम्बन्धी कार्यविधि, २०७४ स्वीकृत गरेको छ ।