काठमाडौँ – नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ । आज विहान ११ः४५ बजेदेखि सुरु भएको मतदानको करिब १२ घण्टापछि भर्खरै सम्पन्न भएको हो ।


ADVERTISEMENT


बिहान ८ बजेदेखि निर्धारित मतदान गर्ने समय मतपत्र छपाईका कारण झण्डै चार घण्टापछि मात्र सुरु भएको थियो । मतपत्र सकिएपछि दिउँसो पनि मतगणना रोकिए पछि मतदानको समय तेस्रोपटक थप गरेर राती ११ः३० बजे मतदान सम्पन्न भएको हो । केन्द्रीय निर्वाचन समितिका अनुसार कुल मत खसेको छ ।


ADVERTISEMENT

# # #


मतदान सकिएसँगै मतगणनाको तयारी थालिँदैछ । सुरुमा सभापतिको मतगणना राष्ट्रियसभा गृहमा सुरु गरिने भएको छ । बाँकी पदाधिकारीको मतगणनाका लागि मतपेटिका पार्टी कार्यालय सानेपामा गरिनेछ । सभापतिको पहिलो चरणको मतपरिणाम आएपछि मात्रै अन्य पदाधिकारीको मतगणना हुने बताइएको छ ।

काँग्रेसमा सभापतिका लागि वर्तमान सभापति शेरबहादुर देउवा, डा. शेखर काइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ गरी पाँच जना भिड्दैछन् । काँग्रेस सभापति जित्नका लागि ५१ प्रतिशत मत ल्याउनु पर्ने विधानमा व्यवस्था रहेको छ ।

कुनै एक उम्मेदवारले ५१ प्रतिशत ल्याउन नसके सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान हुनेछ ।

काँग्रेस १४औँ महाधिवेशनमा चार हजार ७४३ मतदाता (महाधिवेशन प्रतिनिधि) रहेका थिए । कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन भएको छ । बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने छन् ।