काठमाडौं – कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । पछिल्लो प्राप्त मत परिणाम अनुसार सभापतिमा शेरबहादुर देउवाले अग्रता कायम राखेका छन् ।


ADVERTISEMENT


४१७६ मतगणनासम्म देउवाले १९९५ मत प्राप्त गरेका छन् भने शेखर कोइरालाले १५८९ मत ल्याएका छन् । यसैगरी विमलेन्द्र निधिले २३७ मत ल्याएका छन् । प्रकाशमान सिंहले ३१५ प्राप्त गरेका छन् भने कल्याण गुरुङले २० प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


सभापतिमा शेरबहादुर देउवा, डा शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले उम्मेदवारी दिएका थिए । देउवा र कोइरालाबीच मुख्य प्रतिस्पर्धा भइरहेको छ ।