काठमाडौँ– हाल प्रतिनिधिसभाको दशौँ अधिवेशनको पहिलो बैठक शुरु भइसकेको छ । त्यसलगत्तै बेल घेराउ गरी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को विरोध पनि सुरु भएको थियो ।


ADVERTISEMENT


एमालेले संसदीय मर्यादा कायम राख्न माग गर्दै बेल घेराउ गरेको हो । उक्त विरोधमा प्रतिक्रिया जनाउँदै प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदीय विधि र प्रक्रियाभित्र रहेर आफ्ना असहमति राख्न आग्रह गरेका थिए । यद्यपि उनको आग्रहलाई बेवास्ता गर्दै एमालेले सदन अवरोधलाई कायम राखेका थिए ।


ADVERTISEMENT

# # #


सभाको १०औँ अधिवेशनको पहिलो बैठकमा नारावाजीसहित बेल घेराउ गरिरहेका सो दलका सांसद्लाई सभाको नियमावलीतर्फ ध्यानाकर्षण गराउँदै सभामुख सापकोटाले संसदीय व्यवस्था सिद्धान्त मात्र नभएर समन्वयात्मक अभ्यास पनि भएकाले परिस्थिति र अवस्था सँधै नहुने हुँदा सरकारलाई काम गर्न दिन र संसद् सञ्चालनमा सघाउन सांसद्हरुको ध्यानाकर्षण गराएका थिए । जनप्रतिनिधिहरुको सर्वोच्च निकाय संसद् आफ्नो नियम र विधि पालनामा बढी सचेत हुनुपर्ने भएकाले प्रक्रियाभित्र रहेर असहमति राख्न उनले लगातार आग्रह गरिरहेका थिए ।

आफ्नो प्रयासलाई थप जारी राख्दै सापकोटाले सांसदलाई बैठक सञ्चालनका लागि प्रतिनिधिसभा नियमावली, २०७५को नियम ६ को उपनियम २ को स्मरण पनि गराएका थिए । आफ्नो हर प्रयास विफल भएपछि अन्ततः उनले  लोकतन्त्र र गणतन्त्र स्थापनामा शाहदत प्राप्त गर्ने शहीदप्रति एक मिनेट मौन धारण गर्न आग्रह  गरे । निरन्तर विरोधमा लागिपरेका प्रमुख प्रतिपक्षका सांसदले सभापतिको सो आग्रहलाई स्वीकार गर्दै उक्त अवधिमा भने एक मिनेट मौन भने मौन रहेका थिए ।

सभामुखले सभामुखको अनुपस्थितिमा सदनको कारवाही अघि बढाउन केही सांसद् मनोनयन गरेका छन् । एमालेले भने उक्त सूचीमा आफूहरुले कुनै नाम नदिएको जनाएको छ । विरोधबीच बैठकमा कार्यसूची अघि बढाइएको छ । रासस