काठमाडौँ – नेपाली काँग्रेसको नेयाँ नेतृत्व चयनका लागि भएको १४औँ महाधिवेशनमार्फत काँग्रेसले नयाँ सभापति पाइसकेको छ । शेरबहादुर देउवाले आफ्ना निकटतम प्रतिद्वन्द्वी डा. शेखर कोइरालालाई दोस्रो चरणको निर्वाचनमा झण्डै १ हजार मतान्तरले पराजित गरेका छन् ।


ADVERTISEMENT


मतपरिणाम आएर देउवा दोस्रो कार्यकालका लागि चयन भए पनि काँग्रेसका अन्य पदाधिकारीको मतगणना भने हुन सकेको छैन । गत सोमबार मतदानपछि मतपत्र राखिएका ट्यांकीहरु पार्टी कार्यालय सानेपा पुर्याइएको छ ।


ADVERTISEMENT

# # #


सभापतिको दोस्रो चरणको मतदानको परिणाम आज बिहान मात्रै आएकाले अन्य पदाधिकारीको मतगणनाबारे निर्णय गर्न केन्द्रीय निर्वाचन समितिको बैठक बस्दैछ । पार्टी उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यहरुको मतगणना बिहीबारदेखि गर्ने तयारी थालिएको बुझिएको छ ।

पुस ५ भित्र सबै परिणाम आइसक्ने स्रोतको भनाई छ ।