नवलपरासी– आसन्न निर्वाचनमा पूर्व नवलपरासी (बर्दघाट सुस्तापूर्व) निर्वाचन क्षेत्र नं २ बाट एकलाख सात हजार ७५५ जनाले मतदान गर्दैछन् ।


ADVERTISEMENT


यस निर्वाचन क्षेत्रमा ५५ मतदानस्थल तोकिएको छ । कावासोती नगरपालिकाको वडा नं ३, ४, १४, १५, १६ र १७, मध्यबिन्दु नगरपालिका, वुङदिकाली, हुप्सेकोट, विनयी त्रिवेणी गाउँपालिका यस निर्वाचन क्षेत्रमा समावेश भएका स्थान हुन् ।


ADVERTISEMENT

# # #


यस क्षेत्रका एकलाख सातहजार ७५५ जना मतदातामध्ये महिला मतदाता संख्या ५७ हजार ५४० र पुरुष मतदाता संख्या ५० हजार २१३ रहेको छ । साथै, यहाँ दुईजना तेस्रो लिंगी मतदाता संख्या रहेको छ ।