इलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तुले ७ लाख ९ सय रुपैयाँ बराबरको अबैध सामान र पिकअप जीपलाई पक्राउ गरी भन्सार चलान गरेको छ । भारतबाट अबैध रुपमा चोरी निकासी गरी नेपाल भित्राइएका सामान सीमाक्षेत्रबाट पक्राउ गरिएको प्रहरी निरीक्षक सुभाष कुमार गैरेले जानकारी दिए ।


ADVERTISEMENT


बुधबार दिउँसो करीब २ बजेको समयमा कृष्णनगर नगरपालिका ६, बन्चौरा नाकाबाट ६ लाख ५० हजार बराबरको अबैध सामान पक्राउ गरिएको प्रहरीले जनाएको छ । ग २ च ३३८४ नम्बरको पिकअप गाडीमा लोड गरी ल्याएको प्लाष्टिकले बुनेको ११४ थान फलामको खाट सहित गाडीलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक गैरेले बताए ।


ADVERTISEMENT

# # #


भारतको सिद्धार्थनगर थाना गौरेला घर भई हाल कपिलवस्तुको शिवराज नगरपालिका ३ मा पसल गरी बस्ने बर्ष ३५ का बिजयकुमार जैसवाललाई समेत नियन्त्रणमा लिएको प्रहरी निरीक्षक गैरेले जनाए । पक्राउ गरिएका सामान, नियन्त्रणमा लिएका तीन जना मानिस, मोटरसाइकल र पिकअप गाडी समेत आवश्यक कारवाहीका लागि कृष्णनगर भन्सार चलान गरिएको प्रहरी निरीक्षक गैरेले जानकारी दिए ।

यसैगरी प्रहरी निरीक्षक गैरेको कमाण्डमा खटिएको गस्ती टोलीले बुधबार बिहान कृष्णनगर नगरपालिका १, कुकुरभुकुवा नाकाबाट ५० हजार ९ सय बराबरको सामान बरामद गरेको हो । यूपी ५५ पी ६१२३ नम्बरको मोटरसाइकलमा लेडिज सुट, काँचो कपडा, जेन्ट्स पाइन्ट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याएको अवस्थामा पक्राउ गरिएको गैरेले बताए । प्रहरीले मोटरसाइकल र चालकलाई समेत नियन्त्रणमा लिएको प्रहरी निरीक्षक गैरेले जनाए ।