वर्तमान समाज पहिलेको तुलनामा बौद्धिक क्षेत्रमा निकै अगाडि रहेको देखिन्छ । जसकारण पनि समाजमा रहेका अविश्वास एवम् कुसंस्कृतिहरु तेडिदैँ समाज अघि बढ्ने क्रममा छ । यसै शिलशिलामा अहिलेका मानिसहरु यौनको विषयमा समेत उदार भएको देखिन्छ । जुन समाजमा देखिएको सकरात्मक पक्ष पनि हो ।


ADVERTISEMENT


तर, यौनप्रतिको लचिलोपन तथा आधुनिकीकरणको छाप किशोरकिशोरी तथा भर्खरका युवापुस्तामा भने गलत तरिकाले परेको पाइन्छ । परिणाम स्वरुपः हाल अपरिपक्व उमेरमा नै यौन सम्बन्ध कायम गर्ने समूहको जमात पनि ह्वात्तै बढेको देखिन्छ । जुन यौन क्षेत्रमा देखिएको विकृति पनि हो ।


ADVERTISEMENT

# # #


वास्तवमा यौनलाई सृष्टि निरन्तरताको प्राकृतिक नियम एवम् यौनजोडिबीचको प्रगाढ सम्बन्धको महत्वपूर्ण सुचक मानिन्छ । तर, क्षणिक मनोरञ्जन तथा आवेगमा आएर आफ्नो कुमारित्व गुमाउने तथा बारम्बार यस्ता गतिविधिमा संलग्न हुने किशोर–किशोरीका यस्ता गतिविधिले भने उनीहरु मानसिक तनावको अवस्थाबाट गुज्रिने समेत गरेको पाइएको छ ।

आफ्ना अभिभावकबाट लुकिछिपी यस्ता क्रियाकलापमा संलग्न हुने भएकाले उनीहरुमा परिवार, समाज एवम् आफ्नो करियरप्रतिको चिन्ताले तनाव बढाउने विज्ञहरुको भनाई छ । यस्तै, प्रिम्याच्योर(उमेर अगावै कायम भएको) सेक्सले यौन रोग, गर्भवती र गर्भपतन जस्ता समस्या निम्त्याउने तथ्य समेत विभिन्न तथ्यांकहरुले सार्वजनिक गरेको छ ।

प्रिम्याच्योर(अपरिपक्व) सेक्सको जोखिम सबैभन्दा बढी भावनात्मक पक्षमा

किशोर–किशोरी अवस्थामा कायम हुने यौन सम्बन्धका बारेमा गर्भ रहने र यौन रोगका विषयमा धेरै कुरा आएता पनि विशेषगरी उनीहरुमा पर्ने भावनात्मक असरको बारेमा भने खासै छलफल देखिदैँन । जसले पनि किशोर–किशोरी मानसिक समस्या शिकार बन्दै गएको देखिन्छ ।

मानव जातिका लागि यौन सम्बन्ध शारीरिक भन्दा बढि भावनात्मक तथा मानसिक सम्बन्धको निकटता हो । अर्थात्, दुई प्रेमिल जोडिहरुका निमित्त यौन एक आपसी निकटको नतिजा एवम् एक आपसको प्रेमको सम्बोधन हो । तर, क्षणिक आनन्दका लागि अकालमा कायम भएको यौन सम्बन्धले भने उनीहरुमा नकरात्मक प्रभाव बढि देखिन्छ । उनीहरुमा देखा पर्ने यौनको नकरात्मक असर विशेषगरी भावनात्मक पक्षमा बढि देखिन्छ । जसकारण नतिजा उनीहरुमा यसप्रकारले देखा पर्दछः

-यौन रोग र गर्भ बस्ने डर
-पश्चाताप् एवम् आत्मग्लानीको भाव
-गर्भपतन
-आत्मसम्मानको क्षति
-आपसी सम्मानमा गिरावट
-चरित्रमाथिको प्रश्न
-आपसी विश्वासको कमी
-डिप्रेशन तथा आत्महत्या
-आपसी सम्बन्धको अन्त्य आत्मविश्वासमा कमी
-र, वैवाहिक जीवनमा असर ।

समस्या समाधानका उपायहरु

विपरीत लिंगीप्रतिको आर्कषण प्राकृतिक भएता पनि कतिपयले यसलाई समय अगावै अंगाल्न खोज्दा यसका विभिन्न नकरात्मक नतिजाहरु देखा पर्दछ । जसको नतिजा हत्या तथा आत्महत्या जस्ता दुःखद तथा जघन्य अपराधमा समेत टुगिंने गरेको पाइएको छ । तसर्थ यस्तो समस्या देखा नपरोस् भन्नका लागि किशोर किशोरी मात्रै नभई सम्पुर्ण समाज नै यस विषयप्रति संवेदनशिल रहनु पर्ने विज्ञहरुको भनाई रहेको छ ।

यसका लागि प्रत्येक समाज सर्वप्रथम यौनका विषयमा सकरात्मक रुपमा उदार रहनुपर्दछ । आफुमा आइपरेको यौन समस्या तथा जिज्ञासाको बारे कुनै पनि बालबालिकाले सहजै उत्तर पाउन सक्ने वातावरणको सिर्जना गर्नुपर्दछ । यसका साथै यौन सम्बन्ध कसैको बहाव, जबरजस्ती र भावनात्मक ब्ल्याकमेलकै भरमा कायम हुने सम्बन्ध होइन । यसका निम्ति आफ्नो पनि इच्छा रहनु उत्तिकै आवश्यक रहन्छ भन्ने कुराको ज्ञान प्रत्येक किशोर–किशोरीलाई प्रदान गरिनु पर्दछ ।

यससंगै आफ्ना अभिभावकले आफ्ना किशोर–किशोरी अवस्थामा रहेको बालबालिकामा आएको परिवर्तन तथा गतिविधिको बारेमा राम्ररी ख्याल रख्नु पर्दछ । उनीहरुको विश्वासिलो पात्र बन्दै उनीहरुको सामु प्रस्तुत भएकै भरमा पनि उनीहरुमा आइपर्ने मानसिक समस्या कम गर्न सक्दछ । यसबाहेक आफ्ना निकट व्यक्तिको सहयोग पनि लिन नसक्ने तर अकालमा कायम भएको यौन सम्बन्धपश्चात् पैदा भएको नकरात्मक भाव तथा प्रश्नको हलका निमित्त गोप्य रुपमा सम्बन्धित यौन तथा मानसिक विशेषज्ञसंग परामर्श पनि लिन सकिन्छ ।

एजेन्सी ।