काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मतगणनामा मुस्लिम क्लस्टरबाट सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर विजयी भएका छन् ।


ADVERTISEMENT


पार्टीका सभापति शेर बहादुर देउवा प्यानलका मन्सुरले नेता शेखर कोइराला प्यानलका शेख वकिललाई हराउँदै सहमहामन्त्री पद हासिल गरेका हुन् ।


ADVERTISEMENT

# # #


जसमा कुल मतमध्ये मन्सुरले २७७६ मत ल्याएका छन्, भने वकिलले १८७१ मत प्राप्त गरेका छन् ।

यसबाहेक अन्य थारू, मधेसी, खस/आर्य र पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीका लागि पनि आजै मतगणना जारी छ।