काठमाडौँ– नेकपा (एमाले) ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउने एकसूत्रीय काम गरी मतदातामा रहेका आशंका मेट्न सरकारसँग आग्रह गरेको छ ।


ADVERTISEMENT


एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीले आज जारी गरेको विज्ञप्तिमा निर्वाचन आचारसंहिताविपरीत सरकार र सत्तारूढ दलबाट काम कारबाही भएको जनाउँदै त्यसमा निर्वाचन आयोगको ध्यानाकर्षण गराइएको छ ।


ADVERTISEMENT

# # #


कमिटीका प्रवक्ता विष्णु रिमालले जारी गरेको विज्ञप्तिमा केही दिनयता काठमाडौँ, ललितपुर, सिन्धुपाल्चोक, मोरङ लगायतका जिल्लामा निर्वाचन आचारसंहिता विपरीतका चुनावी प्रचार–प्रसार सामग्री प्रयोग भइरहेको जनाउँदै काठमाडौँ क्षेत्र नं १ र ९ मा नेपाली काँग्रेसका तर्फबाट राखिएको प्रचार सामग्री आचारसंहिता विपरीत रहेको उल्लेख ।

‘यस कार्यलाई कडाइका साथ नियन्त्रण गर्न र आचारसंहिता विपरीतका प्रचार सामग्री हटाउने व्यवस्था मिलाउन आयोगको गम्भीर ध्यानाकषर्ण गराउन चाहन्छौँ’ विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच वाम गठबन्धनमा सहभागी एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज पनि विभिन्न जिल्लाको संयुक्त चुनावी सभालाई सम्बोधन गर्न व्यस्त छन् । उनीहरुले आज स्याङ्जाको पुतलीबजार, वालिङ, बाग्लुङको गल्कोट र पर्वतको कुस्मामा आयोजना हुने चार संयुक्त चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।