चीन – चीनका सवैभन्दा जेष्ठ नागरिकको १३५ बर्षको उमेरमा निधन भएको छ । स्थानीय अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार सिन्जीयान क्षेत्रमा बसोबास गर्दै आएकी अलिमिहान सेयीतीको बिहीबार निधन भएको हो । सेयीतीको जन्म सन् १८८६ को जुन २५ मा भएको थियो । सेयीती सन् २०१३ देखि देशको सवैभन्दा जेष्ठ नागरिक घोषित भएकी थिइन् ।


ADVERTISEMENT


निधन हुनु अगाडिसम्म पनि सेयीतीको दैनिक जीवन अति सामान्य नै रहेको अधिकारीहरुले जानकारी दिएका छन् । सेयीती सधैँ हासी, खुशी देखिने र आफ्ना नाती नातीनाहरुसँग रमाउने गर्दथिन्,” सेयीतीका एक आफन्तले भने । उनलाई स्थानीय सरकारले नियमित स्वास्थ्य परीक्षणलगायतका स्वास्थ्य सेवा पर्याप्त रुपमा उपलब्ध गराएको थियो । रासस


ADVERTISEMENT

# # #