काठमाडौँ– कामना सेवा विकास बैंकले सामुदायिक प्रहरीलाई जनचेतनामूलक बोर्ड हस्तान्तरण गरेको छ ।


ADVERTISEMENT


बैंकले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गतमहानगरीय प्रहरी वृत्त मालीगाउँलाई विभिन्न जनचेतनामुलक साइन बोर्ड, माक्स तथा सेनिटाइजर हस्तान्तरण गरेको हो ।


ADVERTISEMENT

# # #


बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित एक कार्यक्रममा बैंकका सञ्चालक विश्वेश्वर सुवेदी तथा नायव प्रमुख कार्यकारी अधिकृत हरि प्रसाद लम्सालले संयुक्त रुपमा उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

सञ्चालक सुवेदीको अध्यक्षता सम्पन्न सो कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत हरी प्रसाद लम्सालले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायमा योगदान पुर्‍याउने महत्वपूर्ण अवसर प्रदान गरेकोमा सामुदायिक प्रहरी सेवा केन्द्र नक्साल, महानगरीय प्रहरी वृत्त मालीगाउँलाई, ३० नंं वडा कार्यालय, लगायत सबैलाई धन्यवाद दिएका छन् । यसका साथै आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने उनको भनाई छ ।

यस्तै, प्रमुख अतिथीको रुपमा उपस्थित वडा नंं. ३० का वडाध्यक्ष दल बहादुर कार्कीले भने, यसरी बैंकले ट्राफिक बत्ती, न्यून आय भएका परिवारका बालबालिकाहरुलाई न्यानो लुगा तथा शैक्षिक सामाग्री वितरण, सरसफाई, वित्तीय साक्षरता अभियान सञ्चालन, शान्ति सुरक्षा तथा सडक दुर्घटना न्यूनीकरणको लागि जनचेतनामुलक पोष्टर तथा साइनबोर्डहरु वितरण गरी समाजको लागि अनुकरणीय कार्यहरु गरेको भन्दै प्रशंसासहित धन्यवाद ज्ञापन गरे ।

यसैगरि, महानगरीय प्रहरी वृत्त मालीगाउँका प्रहरी नायव उपरिक्षक मिन बहादुर कुंवरले बैंकले आफ्नो व्यवसायको अतिरिक्त आफ्नो सामाजिक उत्तरदायित्व सम्झी समुदायको हकहितको निमित्त यस्ता महत्वपूर्ण कार्यहरु गरेकोमा आफूलाई निकै खुशी लागेको र यस्ता कार्यमा प्रहरी संधै साथमा रहने प्रतिबद्धता जनाए ।

कार्यक्रमको हस्तान्तरण समारोह पछि बैंक सञ्चालक सुवेदी तथाउपरिक्षक कुंवरले सानो गौचरनमा संयुक्त रुपमा जनचेतनामुलक बोर्डको अनावरण समेत गरेका छन् । उक्त बोर्डहरु शहरका विभिन्न ठाउँहरुमा राखिने र यसले जनमानसमा सकारात्मक सन्देश प्रवाह गर्ने बैंकको विश्वास छ ।