इनरुवा– नेपाली काँग्रेसका नेता तथा उप्रधानमन्त्री विजयकुमार गच्छदारले नेकपा एमालेका उम्मेदवार भगवती चौधरीलाई धम्की दिएको भन्ने कुरा निराधार भएको बएका छन् ।


ADVERTISEMENT


बिहीबार टेलिफोनमा राससकर्मीसँग मन्त्री गच्छदारले सो कुरा बताएका हुन् । नेपाली काँग्रेसको तर्फबाट सुनसरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभाका उम्मेदवार रहेका नेता गच्छदारले एमाले र नेकपा माओवादी केन्द्रको तर्फबाट सुनसरी क्षेत्र नं ३ बाट उम्मेदवारी दिनुभएका भगवती चौधरीलाई चुनाव प्रचारमा नखट्न धम्की दिएको भन्ने कुरा हल्ला र निराधार मात्र भएको बताए ।


ADVERTISEMENT

# # #


वाम गठबन्धनका उम्मेदवार भगवतीले पैसाको बलमा केही सञ्चारमाध्यममा आफूविरुद्ध झुठा हल्ला फैलाएको मन्त्री गच्छदारको भनाइ थियो ।

उपप्रधानमन्त्री गच्छदारले हल्लाको पछि नलाग्न पनि सुनसरी क्षेत्र नं ३ का मतदातासँग आग्रह गरे । रासस