काठमाडौँ– कुनै पनि महिलाको भ्रुण(शिशु गर्भमै रहेको अवस्था) विकसित हुने अंग कुन हो ? हामीमध्ये धेरैको सरल र सहज उत्तर हुनेछ, ‘गर्भाशय ।’ तर, क्यानडाकी ३३ वर्षीय एक महिलामा भने प्रकृतिको यस नियम अपवादको रुपमा देखिएको छ । अर्थात्, उनको शरीरमा भ्रुण गर्भाशयमा नभएर कलेजोमा हुर्किरहेको थियो । सुन्दा अचम्म लाग्ने यस तथ्यले आम व्यक्ति मात्रै नभएर उनको गर्भ परीक्षण गर्ने चिकित्सकहरु समेत अचम्ममा परेका थिए । तर, सत्य यहि नै थियो ।


ADVERTISEMENT


उनको यस केशलाई चिल्ड्रेन हस्पिटल रिसर्च इन्स्टिट्युट अफ मानितोबा, क्यानडाका बालचिकित्सक डा. माइकल नार्भेले सार्वजनिक गरेका हुन् । यस घटनाबारे स्वयम् अचम्ममा परेका डा. नार्भेले भने, ‘मलाई लाग्छ मैले सबथोक देखिसके : ती गर्भवती महिला आफु पछिल्लोपटक महिनावारी भएको ४९ दिनपछि स्वास्थ्य परीक्षणका लागि आइन् । र, उनले अन्तिम पटक महिनावारी हुँदा आफु १४ दिनसम्म रक्तश्राव भएको बताइन् । त्यसपछि हामीले जे देख्यौँ त्यो हाम्रै निम्ति अविश्वसनीय थियो ।’ जब महिलाको भिडियो एक्सरे गरियो तब अचम्ममा पार्ने रिपोर्ट देखियो । ती महिलाको भ्रूण कलेजोमा देखिएको थियो । डाक्टरका अनुसार यो एक्टोपिक प्रेग्नेन्सीको अति दुर्लभ घटना हो ।


ADVERTISEMENT

# # #


आफ्नो जीवनकालमा अस्वभाविक गर्भावस्थाका केश देखेपनि कलेजोमै भ्रुण विकसित भएको पहिलो पटक देखेको बताउँदै डा. नार्भेले भने, ‘यस्तो घटनामा शल्यक्रिया गरेर महिलाको ज्यान जोगाउन सकिने भएपनि भ्रूणलाई जोगाउन सकिँदैन । जसकारण शल्यचिकित्सकले शल्यक्रियामार्फत भ्रुण निकालेर महिलालाई त बचाउन सक्यो तर, उनको गर्भ भने खेर गएको छ ।’

एक्टोपिक गर्भावस्था भनेको के हो ?

जब महिलामा निषेचित अन्डा गर्भाशयमा नभएर अन्यत्रै अड्किएर बस्छ, तब एक्टोपिक गर्भावस्थाको केश देखिने विज्ञहरु बताउँछन् । मायो क्लिनिकका अनुसार, एक विशिष्ट अस्थानिक गर्भवस्थामा एक निषेचित अन्डा फ्यालोपिन ट्युबमा फस्न पुग्छ । र, सोहि स्थानमा नै विकसित हुन पुग्छ । जुन कहिलेकाहिँ अन्डाशय, पाठेघर वा पेटको भित्ताको भागमा समेत विकसित हुन सक्छ ।

यस्तै, अन्डा एवम् शुक्राणु एकआपसमा मेल भई अन्डाशयको बाटो हुँदै अन्यत्र फ्यालोपियन ट्युबको तल गलत तरिकाले डिम्ब जाँदा यस्तो केश देखिने नार्भेको भनाई छ । तर, ती महिलाको हकमा भने शुक्राणु र अन्डा कलेजोसम्म पुगेको थियो । यसरी कलेजोमा एक्टोपिक गर्भावस्था अत्यन्तै दुर्लभ रहेको नेशनल सेन्टर फर बायोटेक्नोलोजी इन्फरमेशनको दाबी छ ।

र, सन् १९६४ देखि १९९९ को बीचमा संसारभर कलेजोमा एक्टोपिक गर्भावस्थाका जम्मा १४ केशहरु देखिएको रेकर्ड छ ।

एजेन्सी ।