काठमाडौँ– महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले सुरु गरेको बीमा जागरण राष्ट्रिय अभियान थप तीन जिल्लाका ७ सयभन्दा बढीलाई ‘युवासंग–महालक्ष्मी लाईफ’ प्रशिक्षण प्रदान गरिएको छ ।


ADVERTISEMENT


युवालाई बिमासम्बन्धि सचेतना प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको सो प्रशिक्षण कम्पनीले बाग्लुङ, बारा र मकवानपुर गरी थप तीन जिल्लाका ७ सयभन्दा बढी युवालाई प्रदान गरेको हो ।


ADVERTISEMENT

# # #


कम्पनी गत हप्ताको अवधिमा निर्मल बहुमुखी क्याम्पस–हेटौँँडा, भोला उच्च माध्यमिक विद्यालय–बारा र बाग्लुङ जिल्लातर्फ निसिभुजि जनता क्याम्पस–ढोरपाटन, उत्तरगंगा मावि– ढोरपाटन, बुर्तिवांग, प्रभा मा.वि र ज्ञानेन्द्र मावि–निसिखोला, त्रिभुवन मावि बडिगाड, भिमागिठे मा.वि, जनजागृति मा.वि, भानु मावि, ग्वालीचौर गलकोट बहुमुखी क्याम्पस, पाण्डवखानी मावि, गलकोट नगरपालिका, न्यूलाईफ बोर्डिङ्ग र महिला स्वयम्सेविका ग्वालिचौर गरी ७ सया भन्दा माथि युवालाई सो तालिम प्रदान गरेको हो ।

विभिन्न विद्यालय, कलेज तथा युनिभर्सिटीमा अभियान सञ्चालन गर्दै आएको यस संस्थाले गत तीन हप्ताको अवधिमा २५ जिल्लाका ८० शैक्षिक केन्द्रहरुमा आफ्नो कार्यक्रम सम्पन्न गरिसकेको छ ।

तालिमको क्रममा लिइएका केहि तस्बिरहरु :