टर्की – टर्कीमा विषाक्त रक्सीका कारण थुप्रै व्यक्तिको मृत्यु भएपछि टर्की प्रहरीले अवैध र बुटलेग रक्सी विरुद्ध सोमबार नयाँ राष्ट्रव्यापी अभियान सुरु गरेको छ । टर्की गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रहरीले ८१ प्रान्तहरूमा अवैध र बुटलेग रक्सी विरुद्ध ‘विष २’ अपरेसन शुरु गरेको छ जुन गत हप्तादेखि जारी दोस्रो राष्ट्रव्यापी अभियान हो ।


ADVERTISEMENT


विष र विष २ अपरेसनमा १०० भन्दा बढी संदिग्धलाई पक्राउ गरिएको मन्त्रालयले जनाएको छ । अवैध रक्सी सेवनबाट पछिल्लो १० दिनमा ४५ जनाको मृत्यु भएपछि बुटलेग मदिरा देशमा गम्भीर चिन्ताको विषय बनेको छ ।


ADVERTISEMENT

# # #


गत वर्ष अक्टोबरमा टर्कीका विभिन्न प्रान्तमा बुटलेग रक्सी सेवन गर्दा ४० जनाभन्दा बढीको मृत्यु भएको थियो भने ५० भन्दा बढीलाई अस्पतालमा भर्ना गरिएको थियो । सिन्ह्वा