काठमाडौँ – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी कुनै हालतमा पनि संसदबाट पारित हुन नहुने बताएका छन् ।


ADVERTISEMENT


मंगलबार प्रतिनिधिसभा बैठकमा बिभिन्न अध्यादेश अस्वीकार गरियोस् भन्ने प्रस्ताव राख्ने क्रममा सुवालले एमसीसी अमेरिकी सहयोग नभई विष जस्तो भएको भन्दै कुनै हालतमा पनि संसदबाट पारित हुन नहुने बताएका हुन् । उनले इन्डोप्यासिफिक रणनीतिअन्तर्गत आएको परियोजना स्वीकृत गर्न नसकिने जिकिर गरे ।


ADVERTISEMENT

# # #


त्यस्तै उनले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेस नै नभएको अवस्थामा भारतका लागि प्रस्तावित नेपाली राजदूत शंकर शर्मा त्यसको समर्थन गरेको भन्दै फिर्ता बोलाउन माग पनि गरे ।

सुवालले एमसीसी राष्ट्रघाती भएको भन्दै खारेजीको माग पनि गरे ।