काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला  ४०० रुपैयाँले घटेर  ९२ हजार ६०० रुपैयाँ तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला  ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँ तोकिएकोे छ यसको मूल्य मङ्गलबार प्रतितोला रु ९२ हजार ५०० रुपैयाँ थियो ।


ADVERTISEMENT

# # #


त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला  १० रुपैयाँले बढेर  एक हजार २४५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७८७ डलर आसपास कारोबार भइरहेको छ ।