हामीमध्ये धेरैको निन्द्रामा घुर्ने बानी हुन्छ । या भनौँ कतिपय हाम्रै निकटका व्यक्तिहरुमा घुर्ने समस्या हुन्छ र, यसले हामीलाई आजित समेत बनाएको हुन्छ । तर, के कहिले सोच्नुभएको छ ती व्यक्तिहरु किन घुर्छन् भनेर ?


ADVERTISEMENT


धेरै ब्यक्तिहरुमा देखा पर्ने साझा समस्यामध्ये घुर्ने समस्या पनि एक हो । ब्यक्तिमा यस्ता समस्या देख्नु पछाडि यो ब्यक्तिको गतिविधि तथा क्रियाकलापसंग पनि सम्बन्धित रहेको छ । अधिकांश ब्यक्तिहरुले यसलाई ब्यक्तिको आदत वा बानीको रुपमा लिने गरेको पाइन्छ । तर, बानीको रुपमा विकास हुने ब्यक्तिमा देखिने यो पनि एक प्रकारको जटिल समस्या वा रोग नै हो । त्यसैले हामीले यस्ता समस्यालाई सामान्य रुपमा लिनु हुदैन ।


ADVERTISEMENT

# # #


ब्यक्तिको सुताईसंग सम्बन्धित यस समस्याको प्रमुख कारण ‘स्लिप एप्निया’ भएता पनि घुर्ने समस्या भएको सबै ब्यक्तिहरु स्लिप एप्नियाको शिकार भने भएका हुदैनन् । ‘अब्सट्रक्टिभ’ र ‘सेन्ट्रल’ गरी २ प्रकारको रहेको यस स्लिप एप्निया भएका बिरामीहरु सुत्ने क्रममा निस्सासिने तथा सास फेर्न गाहृो हुने हुन्छ । जसकारण उनीहरु घुर्न पुग्छन् ।

लक्षणहरु

-शरीरमा थकान महशुस हुनु
-राति छिनछिनमा पिसाब लाग्नु
-दिउँसो सुत्न मन लाग्नु
-फ्रेस नहुनु
-राति निस्सासिएर उठ्नु ।

घुर्ने समस्या विशेषगरि महिलामा भन्दा बढि पुरुषहरुमा रहेको देखिन्छ । तर, महिलाहरुको महिनावारी रोकिए पछि वा ५० वर्षभन्दा माथिका महिला र पुरुषमा भने यो समस्या समान रुपमा देखा पर्दछ ।

कारणहरु

-मोटो घाँटी
-ठुलो बडि मास
-सुगर
-प्रेसर
-असहज सुत्ने आशन
-धुम्रपान तथा मद्यपान सेवन
-५० वर्ष नाघेका ब्यक्ति ।

रोकथामका उपाय तथा उपचार

जल्दोबल्दो समस्याको रुपमा देखा परेको यस समस्या विश्वभर नै साझा समस्या रुपमा रहेको देखिन्छ । प्रत्येक ५ प्रतिशत महिला र १५ प्रतिशत पुरुषमा देखिने यस समस्याप्रति सम्बन्धित निकाय तथा ब्यक्तिहरुको ध्यान गएको देखिदैन । त्यसैले आफूलाई यस्ता समस्या देखा नपारेस् भन्नका निमित्त ब्यक्ति आफै सजग रहनु महत्वपुर्ण देखिन्छ । तसर्थ ब्यक्तिमा सर्वप्रथम आफुमा माथि उल्लेखित लक्षणहरु देखा परेको छ वा छैन भन्ने विषयमा ‘स्लिप स्टडी’ गर्नुपर्दछ । यसरी आफ्नो निन्द्राको अध्ययन वा चेक जाँच गर्ने ‘स्लिप स्टडी’ घरमा ब्यक्ति स्वयम् आफैले पनि गर्न सकिन्छ ।

यसैगरि यसबाट बच्ने अर्को उपाय अन्र्तगत ‘विहेभियर थेरापी’वा ‘बानी व्यवहारको उपचार’रहेको छ । यस अन्र्तगत भने ब्यक्तिले निम्न क्रियाकलापहरु अवलम्बन गर्नुपर्ने हुन्छ :

-आफ्नो तौल घटाउने
-सुत्दा सहज आसनमा सुत्ने
-धुम्रपान र मद्यपान बाट टाढा रहने
-लागु औषध तथा नशायुक्त औषधिको प्रयोग नगर्ने ।

उल्लेखित उपायहरु अपनाउदा अपनाउदै पनि ब्यक्तिमा घुर्ने समस्या देखा परेको खण्डमा भने तुरुन्त सम्बन्धित चिकित्सकलाई देखाई चिकित्सकको सल्लाह अनुसार, सिपिएपि मेशिनको पनि प्रयोग गर्न सकिन्छ ।

के हो सिपिएपि मेशिन ?

विशेषगरि घुर्ने समस्या भएका ब्यक्तिहरुलाई लक्षित गरी बनाइएको मेशिन नै सिपिएपि मेशिन हो । ब्यक्तिमा अक्सिजनको कमी भएको खण्डका पनि यस्ता समस्या देखा पर्ने भएकोले राति सुत्दा यो मेशिन राति सुत्ने समयमा नाकमा राखेर सुतिन्छ । यसले ब्यक्तिलाई आवश्यक अक्सिजनको प्रवाह गरी घुर्नबाट रोक्दछ ।


ADVERTISEMENT

#
#


यसले ब्यक्तिको घुर्ने समस्या मात्र नभई ब्यक्तिमा भएको प्रेसर तथा सुगरजस्ता रोगहरुको पनि नियन्त्रण गर्दछ । त्यसैले यसको प्रयोग ब्यक्तिका लागि उचित पनि रहन्छ । तर, यसको प्रयोग गर्नुपुर्व बिरामीले सम्बन्धित चिकित्सकको परामर्श लिनु पर्दछ ।

प्रतिकृया

प्रतिकृया