काठमाडौँ– थाइल्याण्डमा सम्पन्न एएफसी यु–१९ च्याम्पियनसिपका लागि गएका नेपालीमहिला राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कंदै छ ।


ADVERTISEMENT


एएफसी यु–१९ च्याम्पियनसिपको दोस्रोचरणका लागि छनोट भएको महिला फुटबल टोली आज साँझ ५ः४० बजे नेपाल आइपुग्ने जानकारी अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले दिएको हो ।


ADVERTISEMENT

# # #


खेलका लागि गत कार्तिक ५ गते थाइल्याण्ड प्रथन गरेको नेपाली महिला टोलीले पाकिस्तान र भारतलाई पराजित गर्दै दोस्रो चरणका लागि आफ्नो स्थान सुनिश्चित गरेको हो । यद्यपि पहिलो चरणको खेलमा नेपालले थाइल्याण्डसंग भने हारको सामना गर्नुपरेको थियो ।