काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेलले निरन्तरता पाएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले सीईओ पौडेललाई दोश्रो कार्यकालको लागि निरन्तरता दिने निर्णय गरेको हो ।


ADVERTISEMENT


एक साताअघि बसेको सञ्चालक समितिको बैठकले पौडलको कार्यकाल सकिनु एक महिना अघि नै थप ४ वर्षको लागि निरन्तरता दिने निर्णय गरेको हो । सीईओ पौडेलको पहिलो कार्यकाल यही पुस महिनादेखि सकिँदै छ । चार वर्ष अवधिको पहिलो कार्यकालमा इन्स्योरेन्सलाई एक उचाईमा पुर्याउन सफल भएकोले नै सञ्चालक समितिले उनको कार्यकाल थप्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


सीईओ पौडेलको कार्यकाल थप्नको लागि सञ्चालक समितिले नियामक निकाय बीमा समितिमा पेश गरेको छ । समितिको स्वीकृति पाएपछि उनले सिटिजन लाइफमा दोश्रो कार्यकाल सम्हाल्ने छन् ।

पौडेलले गत २०७४ साल माघदेखि सिटिजन लाइफको सीईओको कार्यभार सम्हालेका हुन् । उनको कार्यकालमा छोटो अवधिमा कम्पनीले उच्चदरको ग्रोथ हासिल गरिरहेको छ । सिटिजनमा प्रमुखको नेतृत्व कार्यकाल सम्हाल्नुअघि उनले मेटलाइफ इन्स्योरेन्समा प्रमुख वित्तीय व्यवस्थापक भएर १५ वर्षसम्म काम गरेका थिए । त्यसअघि ६ वर्ष अडिट फर्ममा काम गरेका पौडेलसँग शिक्षण पेशा र एनजीओरआइएनजीओमा समेत काम गरेको अनुभव छ ।

चितवन स्थायी घर भएका पौडेलले गृह जिल्लामै स्नातक र त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका छन् । २०५३ सालमा काठमाडौं आएका उनले मेटलाइफमा काम गर्दागर्दै अमेरिकाबाट फिलोसिप इन लाइफ इन्स्योरेन्स म्यानेजमेन्ट ९एफएलएमआई० डिग्री समेत लिएका छन् ।