सिरहा – किसानलाई पक्राउ गरेको विरोधमा पूर्वपश्चिम राजमार्ग बन्द गरेर आन्दोलनमा उत्रिएका सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले आधा दर्जनभन्दा बढी सवारीसाधन तोडफोड गरेका छन् ।


ADVERTISEMENT


सिरहाको औरी गाउँपालिकामा किसानका लागि ल्याएको गहुँको बिउ वितरण नगरी राखिएपछि विवाद बढेको हो । किसानले बिउ लगेपछि गाउँपालिकाले उजुरीपछि ती किसानलाई प्रहरीले पक्राउ गरेपछि विरोधमा जनमत पार्टीले आइतबार आमहड्ताल घोषणा गरेको हो ।


ADVERTISEMENT

# # #


बन्दकर्ता जनमत पार्टीका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै गोलबजार र मिर्चैयामा आधा दर्जनभन्दा बढी सवारीसाधन तोडफोड गरेको जनमत पार्टीका नेता दिपेन्द्र यादवले जानकारी दिए ।

सवारीसाधनमाथि तोडफोड हुन थालेपछि प्रहरीले पनि बल गरेको छ । जस कारण दोहोरो झडपसमेत भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ ।