सुनसरी – फरवार्ड सुपरमार्केटले एकैदिन २० लाख बढीको कारोबार गरेको छ । सुनसरीको दुहवीमा हिजोबाट सञ्चालनमा आएको फरवार्ड सुपरमार्केटले शुभारम्भका दिन २० लाखको कारोबार गरेको हो ।


ADVERTISEMENT


फरवार्ड इन्टरप्राइजेजका म्यानेजिङ डाइरेक्टर द्रव्यराज चौधरीले मार्केट शुभारम्भको दिन २० लाखको कारोबार भएको जानकारी दिए । ‘पहिलो दिन हामीले अपेक्षा गरेभन्दा बढीको व्यापार भयो ।’ म्यानेजिङ डाइरेक्टर चौधरीले भने ।


ADVERTISEMENT

# # #


दुहवीको पहिलो सुपरमार्केट फरवार्डको शुभारम्भका दिन दुहवी, इनरुवा, विराटनगर, इटहरी क्षेत्रबाट समेत ग्राहकहरु आएका थिए । आधुनिक लिफ्ट तथा एक्सिलेटर सुविधासहित सञ्चालित फरवार्ड सुपरमार्केटमा खाद्यान्न तथा दैनिक घरायसी प्रयोगका सामान, लत्ता कपडा, होम अप्लाएन्स, किचनवेयर लगायत विभिन्न कम्पनीका १५ हजार बढी सामान रहेका छन् ।

सुपरमार्केटको कम्पनीकी अध्यक्ष तथा पूर्वराज्यमन्त्री भगवती चौधरी, संघीय सांसद निरुदेवी पाल लगायतले शुभारम्भ गरेका थिए । सुपरमार्केटको शुभारम्भका दिन करिब १४ हजार ग्राहकहरुले अवलोकन गरेको अनुमान छ ।

सुपरमार्केटले आउँदा दिनहरुमा उपभोक्ताको रुची र चाहना अनुसार विभिन्न स्किमहरु समेत ल्याउने भएको छ । ग्राहकहरुलाई सदस्यता वितरण गरेर अधिकतम छुट तथा अफरहरु दिने रणनीति बनाएको छ ।

फरवार्ड सुपरमार्केटले स्थानीय तहमा उत्पादित कृषि तथा तरकारीजन्य वस्तुहरुको बजारीकरणका लागि छुट्टै स्थान समेत छुट्याएको छ । सुपरमार्केटको ग्राउण्ड फ्लोरमा दैनिक घरायसीका सामान जस्तैः नुन तेल, चीनी, दाल, चामल, मरमसला, विस्कुट, चाउचाउ, बिस्कुट, सौन्दर्य प्रसाधन सामग्री मदीरा लगायत दैनिक उपभोग्य वस्तु तथा विभिन्न ब्राण्डका पेयपदार्थहरु पाइन्छ ।

फरवार्ड सुपरमार्केटको पहिलो तल्लामा अन्तराष्ट्रिय ब्राण्डदेखि नेपालमै निर्माण भएका गुणस्तरीय होम अप्लाएन्सहरु छन् । सुपरमार्केटको दोश्रो तल्लामा बालबालिका तथा महिला पुरुषकालागि चाहिने लत्ताकपडाहरु राखिएका छन् ।

सुपरमार्केटको तेश्रो तल्लामा बैंक रहेको छ । चौथो तल्लामा नेपालीदेखि विभिन्न अन्तराष्ट्रिय ब्राण्डका जुत्ता चप्पलसँगै मोवाइल तथा मोवाइलका एसोसेरिज रहनेछ । यसै तल्लामा भिडियो गेमका लागि ‘गेमिङ जोन’ र फरवार्ड सुपरमार्केटको ब्यवस्थापकीय कार्यालय रहेको छ ।

पाचौं तलामा भने, आकर्षक फुडकोर्ट र किण्डरजोन रहने फरवार्ड इन्टरप्राइजेजले जनाएको छ । छैटौं तल्लामा आधुनिक मल्टिफ्ल्लेक्स फिल्म हल रहनेछ । फिल्म हल निर्माणाधिन रहेको छ । आगामी वर्षमा हल सञ्चालनमा आउने बताइएको छ ।

फरवार्ड सुपरमार्केटमा अधिकांश सामानहरु डाइरेक्ट कम्पनीमार्फत आएकाले उपभोक्ताहरुले अन्य पसल र स्टोरहरुको दाँजोमा सर्वसुलभ मुल्यमा पाउने छन् ।