-डा. सरोज गौडेल


ADVERTISEMENT


कोभिड–१९ बारे नेपालमा अहिले पनि धेरै नै भ्रमहरु भेटिने गरिन्छ । जुन तथ्यहीन र प्रमाणविहीन कुराहरु रहेका छन । जसमा अहिले कोभिड–१९ रोकथामका लागि लगाइने खोप एक भ्रमको केन्द्रविन्दु बनेको छ ।


ADVERTISEMENT

# # #


हाल नेपालमा ४० प्रतिशत भन्दा बढिले पूर्ण खोप लगाइसकेको छन् । खोप लगाएका धेरै मानिसहरुले भन्ने गरेका छन् कि मैँले पूर्णरुपमा खोप लगाएको छु, मलाई कोभिड–१९ संक्रमण हुदैन भन्ने छ । पछिल्लो समय धेरैले आफूलाई पहिले नै कोभिड–१९ को संक्रमण भैसकेको र दुबै मात्रा खोप लागाइसकेकोले आफूलाई कोभिडको जोखिम नहुने भन्दै सामाजिक दुरी पालना नगर्ने, माक्सको प्रयोग नगर्ने, सेनिटाइजरको प्रयोग नगर्ने र भिडभाड जन्ने प्रविधि गर्ने र भिडभाडमा जाने जस्ता प्रविधिहरु भैरहेको पाइएको छ ।

यस्तो भ्रम जन्य कुराहरुको पछि नलागि अनिवार्य रुपमा माक्सको प्रयोग गर्ने र सामाजिक दुरी कायम गर्ने गरौ किनकि अहिले कोभिडको जोखिम पहिले संक्रमित भएका बिरामीलाइ र दुबै मात्रा खोप लगाउनेलाई रोगबाट हुने गाम्हिर्यता कम देखिएता पनि पुन कोभिडको संक्रमण दोहोरीरहेको छ ।

त्यसैले अहिलेको अवस्थामा बच्ने उतम तरिका भनेको सामाजिक दुरी कायम गर्ने र माक्स, सेनिटाइजरको अनिबार्य प्रयोग गर्ने र कोभिड विरुद्धको खोप नलगाएकाले खोप लगाउने नै अहिलेको समयमा कोभिडबाट बच्ने अत्ति उत्तम उपाय हो । नेपाल सरकारले पनि अब ५० प्रतिशतले खोप लागाइसकेपछि बुस्टर डोज लगाउने भनेको छ । बुस्टर डोज कोभिडविरुद्ध कतिको लाभ दायिक छ त ? किन बुस्टर खोप लगाउने त ? भन्ने कुरापनि आउन सक्छ ।

यसबारेको तथ्य केहो भने जब हामिले पूर्ण २ डोज नै खोप लगाउछौं । त्यो भ्याक्सिनको प्रभाव विस्तारै घट्दै जान्छ र बुस्टरले कोभिड विरुद्ध थप प्रतिरोधात्मक क्षमता बढाउछ भन्ने विश्वास राखिको छ ।

केही समय अगाडि कोभिडको बिरामीदर कम हुदै गएको थियो । अहिले पछिल्लो समय अस्पतालमा फेरी पनि कोभिडका बिरामीहरु चाप दिनप्रति दिन बढ्दै गएको पाइन्छ । अस्पतालमा रुघा खोकी लागेर, ज्वरो आएर, जिउ दुखेर, झाडापखाला लागेका विरामीहरु बढ्दो छन र उनीहरुलाई कोभिडको शंङ्का देखिदै गर्दा पनि कोभिडको परिक्षण गर्न लगाउदा नमान्ने, हिचकिचाउने पहिलेको जस्तो परिक्षण गर्छु आफू पनि बच्छु अरुलाई पनि बचाउछु भन्ने खालको अवस्था थियो ।

चेकजाच गर्नका लागि आफै गएर गर्दथे भने अहिले त्यो अवस्था छैन अहिले अस्पतालमा आउने ९० प्रतिशत भन्दा धेरैमा लक्षणहरु देखिएर आएका विरामीलाई कोभिड–१९ परिक्षण गर्न लगाउदा नमान्ने गरेको पाइन्छ ।

कोभिड हुनको लागि मेरो नाकले बास्ना थाहा पाउन छाड्न पर्याे कि खानको स्वाद थाहा पाउन छाड्न पर्यो अनि मात्र मलाई कोेभिड १९ हुन्छ भन्ने अहिले धेरै मानिसमा यस्तो मानसिकता रहेको पाइन्छ । तर, यति मात्रै होइन । कोभिड–१९ को नयाँ नयाँ भेरियन्ट्सहरुको लक्षणहरु फरक फरक रहेका छन् । ज्वरो आएर, जिउ दुखेर र पखाला लागेर आएका विरामीहरुलाई पनि कोभिड १९ को संक्रमण भएको पाइएको छ ।

कोभिड १९ संक्रमण हुनको लागि स्वाद नै हराउन पर्छ नाकले गन्ध थाहा पाउनै छाड्न पर्छ भन्ने हुदैन । कोभिड १९ विरुद्धको पूर्ण खोप लगाइसकेको भयता पनि उनीहरुलाई संक्रमण देखिन सक्छ । खोप लगाएकाहरुलाई साधारण लक्षणहरु देखिने भएकाले उनीहरुले चिकित्सकको सल्लाह बमोजिम १० दिनसम्म घरमै बसेर चिकित्सकले दिएको लक्षण अनुसारको औषधीहरु सेवन गर्ने र धेरैमात्रामा तातो झोलिलो चिजहरु खाएर घरमै आरम गर्याे भने पनि ठिक हुन्छ ।

अहिले फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालमा भेटिएको भ्रम जन्य टिप्पनीहरुलाई गलत प्रयोग गर्ने र आफैल प्रेस्कीप्सन बनाएर २, ३ थरिका एन्टिबायोटिकस, स्टोरोइडसहरुको गलत प्रयोग गरेर यति औषधी खायो भने ठिक हुन्छ भनेर लिस्ट नै तयार गरेको पनि पाइएको छ । यो एक गलत मान्यता र ठुलो भ्रमता हो ।

अहिलेसम्म कोभिड–१९ विरुद्धको कुनै औषधी बनेको छैन । यो नबन्दै गर्दा कुनैपनि किसीमको भ्रमतामा नलागेर चिकित्सकको सल्लाहमा रहेर अन्य औषधी जन्य कुराहरु नखाने र चिकित्सकको सल्लाह सधै लिने गर्नु पर्छ ।

त्यस्तै, हामी बर्षेनी भाइरल इन्फुइन्फलुन्जा भ्याक्सिन लागाउछौँ । त्यो भ्याक्सिनले हामीलाई मौसमी रुघाखोकी ज्वरोबाट बचाउँछ । यस्को फाइदा के छ भने हामीलाई थाहा भएकै कुरा हो, कोभिडको सुरुवाति चरण भनेकै मौसमी रुघाखोकी र ज्वरो हो । यो खोप लगाएसि मौसमी रुघाखोकी र ज्वरो मात्र कम भयो भने कोभिडको डर र भयबाट बच्न सकिन्छ ।

(डा. गौडेल एभरेस्ट अस्पतालका फजिसियन हुन्।)