काठमाडौँ –तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)का नेता रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टीको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।


ADVERTISEMENT


चौधरी हाल कारगारमै रहेकाले उनकी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएको हो । दल दर्ताका लागि भृकुटीमण्डपमा भेला भएर उनीहरू बाजागाजासहित आयोग पुगेका हुन् । पछिल्ला केही दिनयता चौधरीको रिहाइको माग राखेर काठमाडौंमा प्रदर्शन भइरहेको छ ।


ADVERTISEMENT

# # #


कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी टीकापुर घटनामा दोषी ठहर गरेपछि उनी अहिले पनि कैद भुक्तानका लागि कारागारमा छन् । अहिले नागरिक उन्मुक्ति पार्टीको नेतृत्व रञ्जिता श्रेष्ठले गर्ने र पछि आफू नै अध्यक्ष रहनेगरी पार्टीलाई अघि बढाउने चौधरीको तयारी छ ।

चौधरी वि.सं. २०७० सालको निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) कैलाली क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । महन्थ ठाकुर र राजेन्द्र महतोले जनता समाजवादी पार्टीसँगको विभाजन पछि नयाँ दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) खोलेपछि चौधरी उनीहरुकै पक्षमा उभिएका थिए ।

तर, लगातार साथ दिँदा पनि आफूलाई रिहाई गर्न भूमिका नखेलेको भन्दै ठाकुर र महतोसँग असन्तुष्ट चौधरीले अन्ततः आफ्नै नयाँ दल खोलेका हुन् ।

भिडियो हेर्नुहोस्: