काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धनले मुलुकलाई अशान्तितर्फ धकेलिरहेको बताएका छन् ।


ADVERTISEMENT


मंगलवार राति  सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले गठबन्धनप्रति यस्तो आरोप लगाएका हुन् ।


ADVERTISEMENT

# # #


उनले भनेका छन्,’पाँचदलीय गठबन्धन सरकारले शान्त नेपाललाई अशान्त बनाउँदैछ ।’

महासचिव पोखरेलले केपी ओलीले प्रधानमन्त्री भएर अशान्त नेपाललाई शान्त बनाउन भूमिका खेलेको समेत बताएका छन् ।