काठमाडौं – सरकारले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा यदुलाल खरेललाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले खरेललाई गुप्तचर प्रमुख बनाउने निर्णय गरेको हो।


ADVERTISEMENT


हालका गुप्तचर प्रमुख गणेश अधिकारी अनिवार्य अवकास गएपछि सरकारले खरेललाई गुप्तचर प्रमुख बनाउने निर्णय गरेको हो। अधिकारी शुक्रबारदेखि घर बस्नेछन्।


ADVERTISEMENT

# # #


खरेलले पनि शुक्रबारदेखि नै कार्यभार सम्हालेनछन्। उनी आगामी असोजसम्म गुप्तचर प्रमुखको रुपमा काम गर्ने बताइएको छ। उनी विभागको प्रमुख अतिरिक्त मुख्य अनुसन्धान निर्देशकको रुपमा कार्यरत थिए।

राष्ट्रिय अनुसन्धान विभाग अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको छ।