काठमाडौँ– नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा एक अन्र्तक्रिया तथा लगानी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।


ADVERTISEMENT


कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शुक्रवार प्रदेश स्तरमा लगानीकर्ता सचेतना अभिवृद्घि कार्यक्रम गर्ने सिलसिलामा प्रदेश नं २ वीरगञ्जमा एक अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको हो ।


ADVERTISEMENT

# # #


उक्त कार्यक्रममा एनआईबीएल एस क्यापिटल लिमिटेडका सहायक महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानिय लगानीकर्ताहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरुको बारेमा छलफल गरिएको छ ।

लगानीकर्ताको उत्साहजनक सहभागीता देखिएको सो कार्यक्रममा महाप्रबन्धक ढुगांनाले विभिन्न सल्लाह सुझाव समेत प्रदान गरे । कम्पनीले यसअघि सोहि प्रकृतिका कार्यक्रम सुदुरपश्चिम प्रदेशको धनगढीमा र लुम्बीनी प्रदेशको नेपालगञ्जमा पनि सम्पन्न गरेको थियो ।