म्यानचेष्टर सिटिले ईङलिस प्रिमियर लिग फुटबलमा आफ्नो अपराजित यात्रा कायम राखेको छ ।


ADVERTISEMENT


१२ औं चरणको खेल अन्तर्गत गएराती लेष्टर सिटिलाई २–० ले हराउँदै सिटिले प्रिमियर लिगको जारी सिजनमा आफ्नो अपराजित यात्रा कायम राखेको हो । सिटिको जितमा ग्याब्रियल जिसस र केभिन डि ब्रुयनाले गोल गरे ।


ADVERTISEMENT

# # #


१२ खेलको समाप्तीमा ३४ अंक जोडेको सिटि दोस्रो स्थानको म्यानचेष्टर युनाईटेड भन्दा ८ अंकले अघि छ । युनाईटेडले गएराती न्यु क्यासल युनाईटेडलाई ४–१ ले हरायो । पहिलो हाफमा २–१ को अग्रता बनाएको म्यान युनाईटेडले दोस्रो हाफमा २ गोल थपेको थियो ।

आर्सनलसँग २–० ले पराजित हुँदै टटनह्याम तालिकाको चौथो स्थानमा झरेको छ । घरेलु मैदानमा आर्सनलले ३६ औं मिनेटमा मुस्ताफिको गोल मार्फत अग्रता बनाएको थियो । त्यसको ५ मिनेटपछि एलेक्सीस सान्चेजले गोल गर्दै टोलीको जित निश्चित गरेका थिए । जितपछि पनि आर्सनल तालिकाको छैटौं स्थानमा यथावत छ ।

डिफेन्डिङ च्याम्पियन चेल्सीले वेष्ट ब्रोमलाई ४–० ले हराउदै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उसको जितमा ईडन हाजार्डले २ तथा अल्भारो मोराता र मार्कोस एलेन्सोले एक एक गोल गरे ।

स्पेनिस ला लिगा फुटबलका पछिल्ला खेलमा बार्सिलोना, सेभिया र गेटाफे बिजयी भएका छन् । रियल मड्रिड एट्लेटिकोसंग गोलरहित बरारबीमा रोकिएको छ ।