काठमाण्डौं-त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानले एमबीबीएसको प्रवेश परीक्षा पुनस् हुने वा नहुनेबारे एकरदुई दिनमै निर्णय लिइने जनाएको छ ।


ADVERTISEMENT


संस्थानले लिएको प्रवेश परीक्षामा चोरी भएको प्रमाणित भएपछि पुन: लिने वा नलिनेबारे अन्योल बढेको हो ।


ADVERTISEMENT

# # #


स्रोतका अनुसार त्रिवि कार्यकारी परिषद्ले एमबीबीएस प्रवेश परीक्षामा प्रश्नपत्र बाहिरिएको ठहर गर्दै परीक्षाका विषयमा निर्णय गर्न संस्थानलाई पत्र पठाएको छ ।

उक्त पत्रमा पुन: प्रवेश परीक्षा लिन संकेत गरिएको स्रोतको भनाइ छ । संस्थानका डिन प्रा.डा. जगदीशप्रसाद अग्रवालले त्रिवि कार्यकारी परिषद्ले यसबारे निर्णयका लागि पत्र पठाइसकेको उल्लेख गर्दै भने, ‘हामीकहाँ यसबारे विभिन्न प्रक्रिया भइरहेको छ, एकरदुई दिनमै परीक्षा लिने वा नलिनेबारे निर्णय हुनेछ ।’

एमबीबीएस प्रवेश परीक्षामा करिब आठ हजारभन्दा बढी विद्यार्थी सहभागी थिए ।