काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले सरकारले तोकेको स्थानमा कर्मचारीहरु काममा जानुपर्ने बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार सिंहदरबारमा नेपाल निजामती कर्मचारी युनियनको आठौँ विभागीय अधिवेशनको उद्घाटन गर्दै मन्त्री खाँणले सरकारले पठाएको कार्यक्षेत्रमा कर्मचारी जान नमान्दा समस्या हुने गरेको पनि बताए ।


ADVERTISEMENT

# # #


गृहमन्त्रालय अरु मन्त्रालय जस्तो नभइ चौविसै घण्टा सेवा दिनुपर्ने विशिष्ट खालको रहेको जानकारी दिँदै असहज अवस्थामा पनि दिनरात नभनी काम गर्ने कर्मचारीप्रति सम्मान व्यक्त गरे ।

राज्य प्रणाली सञ्चालनको मूल आधारशिला भनेको राष्ट्रसेवक कर्मचारी रहेको र जुनसुकै परिस्थितिको सामना गर्न तयार हुनुपर्ने सुझाव उनले दिए । उनले कर्मचारीले जनता आउँदा सेवा राम्रो दिन सक्नुपर्नेमा जोड दिए ।

गृहमन्त्री खाँणले अहिले दुई घण्टा लाग्दै आएको कामलार्ई डेढ घण्टा र छ घण्टा लाग्दै आएको कामलार्ई पाँच घण्टामा सम्पन्न गरे पनि सेवाग्राहीमा ठूलो राहत हुने भन्दै जनतालाई राहत हुनेगरि काम गर्न सुझाव दिए ।