खोटाङ – घर नजिकै थुपारेर राखेको खरमा आगलागी हुँदा खोटाङमा एक महिलाको मृत्यु भएको छ ।


ADVERTISEMENT


घर छाउन थुपारेर राखिएको खरमा आगोलागी हुँदा जन्तेढुंगा गाउँपालिका-४ डम्बर्खुशिवालयकी ४३ वर्षीया अन्जु परियारको मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


खरको थुप्रो नजिक आगो बालेर ताप्ने क्रममा अचानक खरमा आगोलागी भएको र भाग्न नसक्दा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सुरेस ठाकुरले बताए ।


ADVERTISEMENT

#
#


घटनाबारे अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय खोटाङ बजार र चिसापानीको टोली शनिबार बिहान घटनास्थलतर्फ गएको छ ।

प्रतिकृया

प्रतिकृया