काठमाण्डौं-बैतडीमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पाँच जना नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेकपाका कार्यकर्ताहरुले चुनाव विरोधी गतिविधि गर्न सक्ने भन्दै उनीहरुलाई जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए ।


ADVERTISEMENT


नेकपा कार्यकर्ताहरुलाई पाटन, पुरचौंडी र सित्तडबाट नियन्त्रणमा लिइएको हो । ‘देशका विभिन्न ठाउँमा नेकपा कार्यकर्ताहरुले चुनाव विरोधी गतिविधि गरिरहेका छन् । त्यस्तो नहोस् भन्नका लागि हामीले उच्च सुरक्षा सतर्कता अपनाएका छौंउनले भने ।


ADVERTISEMENT

# # #


यस्तै निर्वाचनलाई मध्यनजर गरेर जिल्लाभरी सुरक्षा अवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए । चुनावका लागि जिल्लाभरी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।

यस्तै चुनावलाई मध्यनजर गरेर यही मंसिर ७ गते राति १२ बजेदेखि सीमा नाका झुलाघाटमा आवतजावत बन्द गरिने प्रमुख जिल्ला अधिकारी जोशीले बताए । बिरामी बाहेकका सबैलाई त्यो बेला नाकाबाट आवतजावत गर्न नदिइने उनले जानकारी दिए ।

चुनावी सुरक्षालाई मध्यनजर गरेर ७२ घण्टा सीमा बन्द गर्ने सहमति यसअघि नै दुईदेशका सुरक्षा अधिकारीहरुबीच भइसकेको छ ।