काठमाण्डौं-छोराको निधनपछि पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल झापाबाट आफ्ना सम्पूर्ण निर्वाचन कार्यक्रम छोडेर काठमाडौं आएका छन् । उनी काठमाडौं ल्याण्ड हुनेबित्तिकै लाजिम्पाटस्थित घर गएका थिए । घर पुगेर त्यहाँको स्थिति बुझेर दाहाल परिवारसहित अस्पताल आउने तयारी गरेको सुरक्षा स्रोतले जानकारी दिएको छ ।


ADVERTISEMENT


छोरा प्रकाश दाहालको निधन भएपछि झापाबाट चुनावी कार्यक्रम छोडेर छोरी गंगा र ज्वाईँ जीवन आचार्य तथा नातीनीसहित प्रचण्ड काठमाडौं आएका हुन् ।


ADVERTISEMENT

# # #


दाहालको आइतबार बिहान हृदयघातपछि नर्भिक अस्पताल ल्याउँदा ल्याउँदै निधन भएको अस्पतालको स्रोतले जनाएको छ । यद्यपी, अस्पतालले औपचारिक जानकारीका लागि केहीबेरमा पत्रकार सम्मेलन गर्दैछ ।

उनको निधन भएको खवर पाउनासाथ माओवादी र अन्य पार्टीका राजधानीमा रहेका नेताहरु अस्पताल पुगेका छन् । एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल लगायत नेताहरु नर्भिकमै छन् ।