महेन्द्रनगर– हिमालयन बैंक लिमिटेडले महेन्द्रनगरमा पनि आफ्नो नयाँ शाखा विस्तारमा ल्याएको छ । आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा बैंकले सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला स्थित भीमदत्त नगरपालिका–६, चम्मनचोकमा २०७८ साल पुष २६ गते सोमबार देखि महेन्द्रनगर शाखा सञ्चालनमा ल्याएको हो ।


ADVERTISEMENT


उक्त शाखाबाट सम्पुर्ण ग्राहकलाई अत्याधुनिक बैंकिङ्ग सुविधाहरु उपलब्ध गराउने बैंकले जनाएको छ ।


ADVERTISEMENT

# # #


महेन्द्रनगरका प्रतिष्ठित उद्योगी, व्यवसायी तथा प्रतिष्ठित व्यक्तिहरुको उपस्थितिमा बैंकले यस शाखाबाट कारोबार सुरु गरेको छ । बैंकको यो शाखा कञ्चनपुर जिल्लाको पहिलो तथा सूदुर पश्चिम प्रदेशको आठौं शाखा हो । महेन्द्रनगर शाखाले सम्पूर्ण आधुनिक बैंकिङ्ग सेवाहरु सहित लकर सेवा समेत सञ्चालनमा ल्याएको शाखा प्रबन्धक बैजनाथ प्रसाद कोइरीले बताए ।

यस शाखा समेत हाल बैंकको कुल शाखा संख्या ७४, विस्तारित काउन्टर संख्या ५ पुगेको छ भने एटिएम संख्या १४८ र ५,००० भन्दा बढी पीओएस टर्मिनल संख्या पुगेको छ ।