काठमाडौं –  हिन्दु धर्मशास्त्र अनुसार प्रत्येक साताको शुक्रबार सन्तोषी माता र वैभव लक्ष्मीको पूजाआरधना गरिन्छ । सन्तोषी माता र वैभव लक्ष्मीको पूजाआरधनाबाट मनग्ये धन आर्जन हुनुका साथै घरमा शान्ति छाउने धार्मिक विश्वास रहेको छ ।


ADVERTISEMENT


यसै कारण हिन्दू धर्मावलम्बीहरुले आजको दिन सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन् । साथै शुक्रबार लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ । अर्कोतर्फ शुक्र ग्रहको पनि पूजाआराधना  गर्ने चलन छ । शुक्रलाई एकातिर ग्रहका रुपमा र अर्कोतिर दानवहरुका गुरु भएकाले गुरुका रुपमा पनि पूजा गर्ने गरिन्छ ।


ADVERTISEMENT

# # #


धर्मशास्त्रमा उल्लेख भएअनुसार माता लक्ष्मीको व्रत बसी विधिवत रुपमा पूजा आराधना गर्नुपर्ने मान्यता रहेको छ । जसले जीवनभर तपाईंको आर्थिक पक्ष बलियो बनाउन सहयोग पुर्‍याउँछ । यो दिन व्रत लिने व्यक्तिले फलाहारका रुपमा चना र सख्खर प्रयोग गर्नु उत्तम हुनेछ । व्रतमा अमिलो खानु ठूलो त्रुटी हुनेछ । साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ । धार्मिक रुपमा शुक्रबार तीन किसिमको व्रत तथा पूजा गरिन्छ ।

व्रतका विधि भने अलग–अलग हुन्छन् । यो दिन सेतो कपडा लगाउनु पर्छ । शुक्रबार घरमा खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिने विश्वास छ । शुक्रबारको दिन सन्तोषी माताको व्रत बस्ने पुरुष तथा स्त्रीले सुख–शान्ति तथा मनोकांक्षा पूरा हुनेछ ।


ADVERTISEMENT

#
#


शुक्र ग्रहले पीडित हुँदा शान्तिका लागि सेतो रंगको घोडा दान गर्नुपर्दछ । रंगीन वस्त्र, रेशमी कपडा, घिऊ, सुगन्ध, चिनी, खाद्य तेल, चन्दन, कपुरको दानले शुक्र ग्रहको विपरित दशामा सुधार हुनेछ । शुक्रसँग सम्बन्धित रत्नको दानले पनि लाभ मिल्नेछ । शुक्र ग्रहसँग सम्बन्धित दशाले समस्याग्रस्त हुनुहुन्छ भने शुक्रबारको दिन व्रत बस्नु उत्तम मानिन्छ ।

प्रतिकृया

प्रतिकृया