रामचन्द्र पाण्डे, काठमाडौँ– मलेसियामा जारी एसीसी यु–१९ एसिया कपको उपाधी अफगानस्तानले हात पारेको छ ।


ADVERTISEMENT


फाइनलमा पाकिस्तानलाई पराजित गर्दै अफगानस्तानले पहिलो पटक एसीसी यू १९ प्रतियोगिताको उपाधी चुमेको हो । अफगानस्तानले पाकिस्तानलाई १८५ रनले हराएको हो ।


ADVERTISEMENT

# # #


आइतबार मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा टस हारेर ब्याटिङ थालेको अफगानस्तानले पाकिस्तान सामू २४८ रनको चुनौति पेस गरेको थियो । आफगानले पूरै ओभर खेल्दै ७ विकेट गुमाएर २४८ रन बनायो ।

यसका लागि इक्रम अली खिलले शतकीय इनि खेलेपछि अफगानस्तानले विशाल योगफल बनाउन सक्यो । ११३ बलको सामना गरेका उनले १०७ रन बनाए । उनले १० चौका र दुई छक्का प्रहार गरे । यस्तै रहमनुल्लाह गुर्बाजले ४० रनको योगदान दिए ।

उनले ५३ बलको सामना गरी ५ चौका र १ छक्का प्रहार गरे । यस्तै इब्रमहिम जार्डन ३६, दर्विश अब्दूल रसूल १८, अहमात कमवालले १४, निसराहुल हक वाहतले ७ रन बनाए ।

    यता मोहम्मद मुसाले ३ विकेट, सहिन शाह अफ्रिदीले २ विकेट लिए । मोहम्मद हसान खान र मोहम्मद तहाका नाममा समान १/१ विकेट रह्यो ।

२४९ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले २२.१ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ६३ रनमात्र बनाउन सक्यो । उसका लागि मोहम्मद तहाले १८, र मोहम्मद हसान खानले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।

अफगानस्तानलाई जिताउने क्रममा मुञ्जिीव अर रहमान एक्लैले ५ विकेट लिए । निकै किफायती बलिङ गरेका उनले ७.१ ओभरमा २ मेडेन ओभर फ्याँक्दै १३ रन मात्र खर्चिए । यस्तै क्वीस अहमाद कमालले ३ विकेट लिए भने वाफदार मोहमदका नाममा एक विकेट रह्यो ।

पाकिस्तान सामू अफगानी बलर हावी हुँदा १८५ रनको फराकिलो हार चाखेर पाकिस्तान उपविजेतामै सिमित हुन पुग्यो ।

यसअघि पाकिस्तानले बंगलादेशलाई र अफगानस्तानले नेपाललाई पराजित गर्दै फाइनल प्रवेश गरेका थिए ।