काठमाडौँ– सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना ग्राहकलाई ६.०५ प्रतिशत लाभांश दिने भएको छ ।


ADVERTISEMENT


शुक्रवार आफ्नो एघारौँ साधारण सभाको उपलक्ष्यमा बैंकले सो प्रस्ताव पारित गरेको हो । सो अनुरुप अब ग्राहकले बैंकको चुक्ता पूँजीको ६.०५ प्रतिशत लाभांश प्राप्त गर्ने भएका छन् ।


ADVERTISEMENT

# # #


बैंकका अनुसार, २०७८ आषाढ मसान्तमा कायम चुक्ता पुँजी कुल रकम ९ अर्ब ३ करोड ४४ लाख २९ हजार ५०२ रुपैँया ५० पैसा रहेकोमा ५.७५ प्रतिशतले हुन आउने रकम ५१ करोड ९४ लाख ७९ हजार ६९६ रुपैँया ३९ पैसा बराबरको बोनश शेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.३० प्रतिशतले हुन आउने रकम २ करोड ७३ लाख ४१ हजार ३६ रुपैँया ६५पैसा बराबरको नगद लाभाशं वितरण गर्ने प्रस्ताव पारित गरिएको हो ।

साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाड लगायतका प्रतिवेदन पारित गरेको छ । साथै साधारण सभाबाट बैंकको संस्थापक समूहमा हाल रहेको ५३.४१५ शेयर संरचनालाई ५१५ हुने गरी शेयरधनीहको शेयर संरचना परिवर्तन गर्ने संचालक समितिको निर्णय अनुमोदन गरेको छ ।

बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न सो कार्यक्रम भौतिक उपस्थिति एवं अनलाइन (जुम) मार्फत समेत एकैसाथ संचालन गरिएको थियो ।

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म आफ्ना १२६ शाखा १० एक्सटेन्सन काउन्टर, २५ शाखा रहित बैंकिङ्ग र १०८ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।