काठमाडौँ – नबिल बैंक लिमिटेडको ३७औं र्र्वािर्षक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार बैँकको केन्द्रीय कार्यालयमा बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द« प्रसाद पौडेलको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।


ADVERTISEMENT


सभाले अन्य विषयका अतिरिक्त आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ३८ प्रतिशत लाभांश (३३.६० प्रशित वोनस शेयर र ४.४० प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।


ADVERTISEMENT

# # #


आ.व. २०७७/७८ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा रु. ४ अर्ब ५३ करोड हासिल गर्न बैंक सफल भएको छ । बैंकले जेथामा प्रतिफल १५.१९ प्रतिशत र प्रति शेयर आम्दानी रु. ३३.५७ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै रु. २ खर्ब ९१ अर्ब पुर्याएको छ । समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयर पश्चात बैंकको पूँजी रु. १८ अर्ब ४९ करोड ६१ लाख ८६ हजार ७ सय ४५ पुगेको छ ।

साधारण सभामा आफ्नो मन्तव्य राख्दै अध्यक्ष पौडेलले नबिल बैंकले नेपालको बैकिङ्ग क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यवसायीक एवं औद्योगिक गतिविधिहरुलाई गतिशिलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा कर मार्फत योगदान पु¥याउन सफल भएकोमा गौरव गरे ।

उनले देशको ठुलोसंगै राम्रो र विश्वसनीय बैंक कायम रहिरहने लक्ष्यमा बैंक केन्द्रित रहेको एंव संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई बैंकले उच्च प्राथमिकतामा राखेको जानकारी गराए । बैंकले न्यून कार्वन अर्थतन्त्र, दिगो तथा समतामुलक भविष्य को लागि रणनीतिक रुपमा ‘ग्रिन फाइनान्स’, ‘क्लाइमेट चेन्ज’मा थप लगानी गर्न प्रतिवद्ध रहेको समेत पौडेलले बताए ।

यसै गरी सभाले आ.व. २०७८/७९ (२०२१/२२) को लागि वाह्य लेखापरीक्षकहरु एस.ए.आर. एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट, चार्टड एकान्टेन्टस्  तथा पी.जे.पी.एन. एंड कंपनी, चार्टर्ड एकान्टेन्टसलाई संयुक्त रुपमा लेखापरीक्षकमा पुनः नियुक्त गर्ने निर्णय गरेको छ । उक्त सभाले संस्थापक शेयरधनीबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पद २ (दुई) का लागि श्री उदय कृष्ण उपाध्याय र एनबी (ईन्टरनेशनल) लि. लाई प्रतिनिधित्व गर्दै उपेन्द्र प्रसाद पौडेल लाई निर्विरोध निर्वाचित गरेको थियो ।

साथै आजै सम्पन्न बैंक संचालक समितिको ५८८ औं वैठकले संचालक समितिको अध्यक्षमा पुनः उपेन्द्र प्रसाद पौडेललाई चयन गरेको छ । पौडेल २०७४ मंसिर १५ देखि बैंक संचालक समिति एनबी (इन्टरेनशनल)लाई प्रतिनिधित्व गर्दै आएका थिए । उनी आजै सम्पन्न साधारणसभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकमा एनबी (इन्टरेनशनल)लाई प्रतिनिधित्व गर्दै निर्विरोध निर्वाचित भएका हुन् ।

नबिल बैंकले स्थापनाकाल देखि हालसम्म रू. १६ अर्ब भन्दा बढी रकम त देशको राजश्वमा योगदान गरिसकेको छ । नबिल बैंकले १३५ वटा शाखाहरु, १८७ वटा एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरुसंग संगै अघि बढ्ने विश्वास राखेको छ ।

बैंकको साधारण सभा समयमै सम्पन्न गर्न सहयोगी भूमिका खेल्ने शेयरधनी तथा सम्बद्ध सबै निकायहरूलाई धन्यवाद समेत प्रदान गरेको छ ।