काठमाडौँ – नेपाल चेम्बर अफ कमर्शले अफगानिस्तानका जनतालाई राहत सामग्री सहयोग गरेको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्लले चेम्बरका तर्फबाट अफगानिस्तानका जनताको मानवीय सहयोगार्थ रु २० लाख बराबरको राहत सामग्री आज परराष्ट्रमन्त्री डा नारायण खड्कालाई हस्तान्तरण गरेका छन् ।


ADVERTISEMENT


कार्यक्रममा परराष्ट्रमन्त्री डा खड्काले राहत सामग्री उपलब्ध गराई मानवीय सहयोग कार्यमा सघाउ पुर्याएको भन्दै नेपाल चेम्बर अफ कमर्शलाई धन्यवाद दिए । सोही अवसरमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष मल्लले अफगानिस्तानमा पीडामा परेका नागरिकलाई थोरै भए पनि नेपालका तर्फबाट सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।


ADVERTISEMENT

# # #