काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको झण्डा ओढाएर आइतबार बिहानपख निधन भएका छोरा प्रकाशलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन्


ADVERTISEMENT


माओवादी केन्द्रको केन्द्रिय कार्यालयमा श्रद्धान्जली दिँदै उनले आशुँ थाम्न सकेनन् । छोरा गुमाउँदाको पीडा उनको अनुहारमा प्रष्ट देखिन्थ्यो । तर, उनले आफूलाई सम्हाले । सार्वजनिकरुपमा उनले आफ्नो दुःख पोखेनन् ।


ADVERTISEMENT

# # #


तर, छोराको पार्थिक शरीरमा अन्तिम श्रद्धाञ्जली दिने क्रममा उनले पीडा लुकाउन सकेनन् ।

माओवादी पोलिटब्यूरो सदस्य समेत रहेका प्रकाशको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिएको छ । माओवादी नेता कार्यकर्ता तथा शुभचिन्तकहरु श्रद्धान्जली दिन पुगेका छन् ।

प्रकाशको पार्थीव शरिरलाई बेलुका ४ बजे पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने छ ।