पर्वत – अजोड इन्स्योरेन्स लिमिटेडको आयोजनामा मिति २०७८ साल पौष २८ र २९ गते पर्वत जिल्लाको जलजला गाऊपालिका वडा नं. ७, धाइरिङमा घुम्ति बीमा सेवा कार्यक्रम सम्पन्न भएको छ ।


ADVERTISEMENT


जलजला गाऊपालिका वडा नं. ७ का वडा अध्यक्ष श्री टुङ्गनाथ आचार्यको प्रमुख आतिथ्यमा संचालित कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेड पर्वत शाखाका प्रमुख बिक्रम ढुंगानाले गरे ।


ADVERTISEMENT

# # #


कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेड प्रधान कार्यालयका कृषि विभाग प्रमुख दिपक पोखरेलले कृषि बीमाको अर्थ, महत्व तथा प्रभावकारीताको बारेमा प्रष्ट पारे ।

सो कार्यक्रममा धाइरिङका कृषकहरु, अजोड इन्स्योरेन्स लिमिटेडका बजार विभागका नायब प्रवन्धक यादव प्रसाद पाठकका साथै पशु सेवा शाखाका प्रविधिक नारायण आचार्यको उपस्थिति रहेको थियो ।