काठमाडौँ– छोरा प्रकाश दाहालको पार्थिव शरीरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैले दागबत्ति दिएका छन् ।


ADVERTISEMENT


पशुपति आर्यघाटमा उनको पार्थिव शरिरलाई पुगाएपछि प्रचण्डले हिन्दू परम्परा अनुसार दागबत्ति दिएका हुन् । प्रकाशको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।


ADVERTISEMENT

# # #


त्यसअघि एमाले नेता माधवकुमार नेपाल, नयाँ शक्तिका डा. बाबुराम भट्टराई, माओवादीका नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले प्रकाशलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

दाहालको हृदयाघातका कारण आइतबार निधन भएको थियो ।

माओवादी पोलिटब्यूरो सदस्य समेत रहेका प्रकाशको हृदयाघातका कारण आइतबार विहान निधन भएको थियो । घरमै अचेत अवस्थामा भेटिएका उनलाई नर्भिक अस्पताल लगिएको थियो तर, चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

त्यस पछि उनलाई अन्तिम श्रद्धान्जलीका लागि माओवादीको केन्द्रिय कार्यालय पेरिसडाँडामा लगिएको थियो ।

पेरिसडाँडामा प्रकाशलाई अन्तिम श्रद्धान्जली दिनेको घुईँचो, थामिएनन् प्रचण्डका आँशु

प्रकाशको शोकमा शीर्ष नेताहरु काठमाडौँमा, चुनावी कार्यक्रम स्थगित

छोरा प्रकाशको निधनपछि आमा सिता दाहाल अचेत