काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कोरोना संक्रमण मुक्त भएका छन् । आइतबार गरिएको पीसीआर परीक्षणमा प्रचण्डको कोरोना रिपोर्ट नेगेटिभ आएको प्रचण्डको सचिवालयले जनाएको छ ।


ADVERTISEMENT


सचिवालयको तर्फबाट उनकी छोरी गंगा दाहालले सामाजिक सञ्जाल मार्फत् अध्यक्ष प्रचण्ड कोरोना मुक्त भएको जानकारी गराएकी हुन् । ‘अध्यक्ष प्रचण्डको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएसँगै वहाँ कोरोनामुक्त हुनुभएको छ,’ दाहालले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘यस दौरानमा स्वास्थ्य लाभको कामना गर्नुहुने सबैप्रति हार्दिक आभार’


ADVERTISEMENT

# # #


गएको पुष २३ गतेको परीक्षणमा प्रचण्डलाई संक्रमण पुष्टि भएको थियो । संक्रमण भएपछि प्रचण्ड घरमै आइसोलेशनमा बसेका थिए । कोरोना पोजेटिभपछि प्रचण्डले भेटघाटका सबै कार्यक्रम स्थगित गरेका थिए ।

पार्टीको राष्ट्रिय महाधिवेशन सम्पन्न गरेपछि अध्यक्ष प्रचण्डसहित माओवादीका धेरै नेता कोरोना संक्रमित भएका छन् । अध्यक्ष प्रचण्ड संक्रमण मुक्त भएपनि अरु धेरै नेता अहिले पनि आइसोलेसनमै छन् ।