काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी संग्रहालय पुगेर बतास कम्पनीले बनाउन खोजेको संरचनाको निरीक्षण गरे ।


ADVERTISEMENT


निरीक्षणका क्रममा मन्त्री आलेले कफी सपको बहानामा ठूलै संरचना बनाउन खोजेको देखिएको बताए । त्यस्तै उनले सो क्षेत्रमा रहेको बंकरभित्र पनि निरीक्षण गरेका थिए । संरचना हेर्दा कफी सप नभई नाचगान र मदिरापानसम्मका लागि तयारी गरिएको देखिएको उनले बताए ।


ADVERTISEMENT

# # #


उनले कफीसपका लागि मात्रै अनुमति दिइएको अभिव्यक्ति दिएका योगेश भट्टराईलाई एकपल्ट आएर अवलोकन गर्न सुझाव दिए । उनले नारायणहिटी संग्रहालयमा संरचना निर्माणका बिषयमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सिआइबीलाई जानकारी गराइएको बताए ।

पुरातत्विक संरचनालाई मासेर कंक्रिटका भवन बनाउनु निन्दनीय रहेको उल्लेख गर्दै मन्त्री आलेले संरक्षण गर्ने जिम्मा पाएको कार्यालयका प्रमुखले उत्तरदायी भूमिका निर्वाह गर्न नसकेको बताए ।