काठमाडौँ– आजबाट अंग्रपक्तिंमा रहेर काम गर्ने समूहलाई बुस्टर खोप दिइने भएको छ । आइतबारदेखि नै थालिने भनिए पनि तयारी नपुगेका कारण सोमबारबाट थालिएको बुस्टर खोप हाल सञ्चालन भइरहेको खोप केन्द्रहरुबाट नै दिन थालिएको हो ।


ADVERTISEMENT


दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा भएको व्यक्तिले बुस्टर खोप लगाउन सक्नेछन् ।यसका लागि खोप केन्द्र जाँदा अनिवार्य रुपमा व्यक्तिले यसअघि लगाएको खोपकार्ड पनि साथमा लैजानुपर्ने प्रावधान छ ।


ADVERTISEMENT

# # #


हाल खोप वितरण भइरहेका काठमाडौँका १७ खोप केन्द्रहरु निम्न रहेका छन्ः

बुस्टर डोज लगाइने केन्द्र

१. नोबेल अस्पताल, सिनामंगल

२. सशस्त्र प्रहरी बल अस्पताल, बलम्बु

३. सहिद मेमोरियल अस्पताल, कलंकी

४. विरेन्द्र सैनिक अस्पताल, छाउनी

५. लोट्से भवन नयाँ, बसपार्क

६. नेपाल प्रहरी अस्पताल, महाराजगन्ज

७ वीर अस्पताल, महाबौद्ध

८. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु

९. बयोधा अस्पताल, बल्खु

१०. प्रसूति रोग तथा स्त्रीरोग, अस्पताल थापाथली

११. निजामती अस्पताल, नयाँबानेश्वर

१२. एपेक्स पोलिक्लिनक, जडिबुटी

१३. काठमाडौं मोडल अस्पताल, प्रदर्शनीमार्ग

१४. पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल, सामाखुसी

१५. जनमैत्री अस्पताल, बालाजु

१६. नर्भिक अस्पताल, थापाथली

१७. शुभेच्छा अस्पताल, सीतापाइला ।

नेपला सरकारले खोप तथा खोप लगाउनुपर्ने व्यक्ति संख्या र आवश्यकता हेरेर बुस्टर खोप कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ । यसैक्रममा ६० वर्षभन्दा माथिका व्यक्तिलाई आउँदो १४ गतेदेखि बुस्टर मात्रा दिइने जनाएको छ । पछिल्लो समय कोरोना संक्रमण बढसंगै काठमाडौं उपत्यकामा कोराना बिरुद्धको खोप लगाउनेको संख्या पनि बढेको देखिएको छ ।